News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन करिब दुई दशकपछि शुक्रबार नयाँ दिल्लीबाट कोलकाता आइपुगेकी छिन् ।
- उनले 'म यहाँ पाहुना बनेर होइन, बंगालकै एक हिस्सा बनेर फर्किएकी हुँ' भन्दै आफ्नो खुसी व्यक्त गरेकी छिन् ।
- उनी आगामी साउन १७ गते आयोजना हुने एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कोलकाता पुगेकी हुन् ।
१५, साउन, काठमाडौं । निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा नसरीनले हात जोडेर अभिवादन गरेकी थिइन् ।
‘मलाई आफ्नै देश फर्किएको जस्तो अनुभूति भइरहेको छ । बंगाल मेरो मनमा कहिल्यै विभाजित भएको छैन,’ उनले भनिन्, ‘म यहाँ पाहुना बनेर होइन, बंगालकै एक हिस्सा बनेर फर्किएकी हुँ ।’
उनी अगस्ट १ मा आयोजना हुने एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कोलकाता पुगेकी बताइएको छ । सन् २००७ पछि कोलकातामा तस्लीमा नसरीनको यो पहिलो सार्वजनिक उपस्थिति हुनेछ ।
प्रतिक्रिया 4