News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्ज घटनापछि सुरुङ्गा नगरपालिकाले शान्ति र सद्भाव कायम राख्न सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ।
- नगरपालिकाका कार्यवाहक नगर प्रमुख रुद्र बहादुर कार्कीका अनुसार आज दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा बैठक आयोजना गरिएको छ।
- उक्त बैठकले नगरपालिका क्षेत्रमा उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा र भावी रणनीति तय गर्ने भएको छ।
१५ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सप्तरीको सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ ।
नगरपालिकाले देशका विभिन्न स्थानमा हालै विकसित भएका घटनाक्रम तथा त्यसका कारण सिर्जित परिस्थितिका विषयमा स्थानीय तहमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरण कायम राख्ने विषयमा गम्भीर छलफल गर्न बैठक बोलाएको जनाएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख रुद्र बहादुर कार्कीका अनुसार सुरुङ्गा नगरपालिका क्षेत्रभित्र उत्पन्न हुन सक्ने सम्भावित चुनौतीहरूको पहिचान गर्दै साझा धारणा निर्माण र भावी रणनीति तय गर्ने उद्देश्यले आज दिउँसो ३ बजे नगरपालिकाको सभाहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4