+
+
Shares

सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद

नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी बरामग गरिएको गाँजा बाहिर निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ७:१२

१२ जेठ, काठमाडौं । सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो । बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?