+
+
Shares

बाढी–पहिरोले क्षति पुर्‍याउँदा म्याग्दीको बेनीमा खानेपानी अभाव

अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ ।

रासस रासस
२०८३ असोज १४ गते १७:०३

१४ असोज, म्याग्दी । केही दिनअघिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ ।

करिब १२ किलोमिटर पाइपलाइनमा बाढी र पहिरोका कारण क्षति हुँदा चार दिनदेखि रिठ्ठाखर्क र डाँडाखर्कको मुहानबाट खानेपानी आपूर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।

‘पानीका वैकल्पिक स्रोतको पहिचान गरि अस्थायी रूपमा पानी आपुर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ,’ उनले भने, ‘बेनीमा खानेपानी आपुर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौं ।’

संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घर परिवारका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हँुदै आएको थियो । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।

रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हँुदै आएको छ ।

बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भए पनि बाढीले क्षति पुर्‍याएकाले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताए ।

बाढीले खानेपानीको पाइपमा क्षति पुर्‍याएरपछि उपभोक्ताले बोतल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ ।

खानेपानीको सहज आपूर्ति नहुँदा पिउन, स्नान गर्न, कपडा, भाडा धुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनु परेको छ ।

बेनी नगरपालिका, बौद्ध युवा क्लब र गङ्गा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङ्करमा ओसारेर बजारवासीलाई वितरण थालेको  क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?