+
+
Shares

जाजरकोटको रिसाङ पहिरो : एक जनाको मृत्यु, ७ घाइते, ३ बेपत्ता

जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ साउन ३१ गते ६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिकामा अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी एक जनाको मृत्यु भएको छ र तीन जना बेपत्ता भएका छन्।
  • घटनामा परी सात जना घाइते भएका छन् जसमध्ये पाँच जनाको जिल्ला अस्पतालमा र दुई जनाको थप उपचारका लागि सुर्खेतमा उपचार भइरहेको छ।
  • प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धार कार्यका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

३१ साउन, जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय केदार कार्की रहेका छन् । पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् ।

बाढीपहिरोमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य  २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं  १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन्।

अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो ।

आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?