+
+
Shares

डोल्पाको त्रिपुरासुन्दरीमा १० भदौ अघि स्याउ नटिप्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले स्याउको गुणस्तर जोगाउन भदौ १० गतेअघि स्याउ नटिप्न र बिक्री वितरण नगर्न सम्पूर्ण कृषकहरूलाई सूचनामार्फत आग्रह गरेको छ।
  • नगरपालिकाले समयअगावै स्याउ टिप्दा स्वाद, गुणस्तर तथा बजार मूल्यमा नकारात्मक असर पर्न सक्ने भन्दै तोकिएको समयसम्म धैर्य गर्न कृषकलाई अनुरोध गरेको छ।
  • रंगगाउँ लगायतका प्रमुख स्याउ उत्पादक क्षेत्र रहेका त्रिपुरासुन्दरी नगरपालिकाले स्याउको व्यावसायिक पहिचान जोगाउन यो निर्णय लागू गरेको हो।

३१ साउन, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले स्याउको गुणस्तर नपुगेको भन्दै समयअगावै स्याउ नटिप्न तथा बिक्री वितरण नगर्न कृषकहरूलाई आग्रह गरेको छ।

नगरपालिकाले सूचना जारी गर्दै समयअगावै स्याउ टिप्दा स्वाद, गुणस्तर तथा बजार मूल्यमा समेत असर पर्न सक्ने जनाएको हो।

स्याउ उत्पादक कृषकहरूलाई आवश्यक गुणस्तर नपुगेसम्म स्याउको टिपाइ तथा हार्भेस्ट नगर्न नगरपालिकाले अनुरोध गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाका अधिकांश वडामा स्याउ उत्पादन हुने गरेको छ।

विशेषगरी वडा नम्बर ४ को रंगगाउँ स्याउ उत्पादनका लागि परिचित छ। रंगगाउँलाई स्थानीयस्तरमा ‘स्याउको राजधानी’का रूपमा समेत चिनिने गरिएको छ। त्यस्तै जिउ, सुँ, चु लगायत आधा दर्जनभन्दा बढी गाउँ तथा बस्तीमा समेत व्यावसायिक रूपमा स्याउ उत्पादन हुने गरेको छ।

नगरपालिकाले १० भदौपछि मात्र स्याउको बिक्री वितरण गर्न सम्बन्धित स्याउ उत्पादक कृषक तथा सरोकारवालालाई जानकारी गराएको छ।

समयअगावै स्याउ बजारमा ल्याउँदा उपभोक्ताले गुणस्तरीय स्याउ नपाउनुका साथै स्थानीय स्याउको स्वाद, बजार मूल्य र पहिचानमा समेत असर पर्न सक्ने भएकाले तोकिएको समयसम्म स्याउ नटिप्न नगरपालिकाले आग्रह गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?