News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार झोले स्याउको भाउ प्रतिकिलो अधिकतम २५० रुपैयाँ र औसत २१६ रुपैयाँ कायम छ।
- फुजी स्याउको भाउ स्थिर रहेर थोकमा प्रतिकिलो अधिकतम ३०० रुपैयाँ र औसत २७५ रुपैयाँ कायम छ।
- एभोकाडोको भाउ आइतबार औसतमा ३५० रुपैयाँ पुगेको छ, जुन शनिबारको तुलनामा २५ रुपैयाँले बढेको हो।
१७ फागुन, काठमाडौं । बजारमा स्याउको भाउ घट्दा एभोकाडो बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी फलफूलको भाउमा उतारचढाव देखाएको हो ।
हिजो शनिबारको तुलनामा आइतबार झोले स्याउको भाउ घटेको छ । आइतबार झोले स्याउको भाउ प्रतिकिलो थोकमा अधिकतम २ सय ५० रुपैयाँ छ । औसतमा भने २ सय १६ रुपैयाँ कायम छ । हिजो शनिबार प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ तथा औसतमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
फुजी स्याउको भाउ स्थिर छ । थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ तथा औसतमा भने २ सय ७५ रुपैयाँ कायम छ ।
आइतबार एभोकाडोको भाउ बढेको छ । आज एभोकाडो प्रतिकिलो थोकमा न्यूनतम ३ सयदेखि अधिकतम ४ सय र औसत ३ सय ५० रुपैयाँ कायम छ ।
हिजो शनिबार थोकमा औसत ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । शनिबारको तुलनामा एकभोकाडोको भाउ औसतमा २५ रुपैयाँ बढेको हो । माघ दोस्रो साता भने एभोकाडो प्रतिकिलो थोकमा २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4