+
+
Shares

बाढी पहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १८:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण देशका ६ वटा मुख्य राजमार्ग बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
  • प्रहरीका अनुसार अरनिको राजमार्ग, मेची राजमार्ग र कालीगण्डकी करिडोर लगायतका सडक खण्डहरू पहिरोले अवरुद्ध भएका हुन् ।
  • जल तथा मौसम विज्ञान विभागले आज र भोलि मुसलधारे वर्षा हुने भन्दै सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

२ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?