News Summary
Generated by OK AI. Editorially reviewed.- शहर सफा गर्ने नाममा गरीबको झोपडी भत्काउने र जनतालाई करको भारी बोकाउने शासकहरूको प्रवृत्तिप्रति व्यंग्य गरिएको छ।
- सुशासनको प्रत्याभूति दिने शासकहरूले नै जनताको घाँटी अठ्याएर दमनकारी नीति अपनाएको विषय समेटिएको छ।
- अन्याय र बेथिति देख्दा पनि मौन बस्ने आधुनिक शासकहरूको व्यवहारलाई कविले तत्कालीन निरोको बासुरी वादनसँग तुलना गरेका छन्।
आजकलका निरोहरू फोहोर मन पराउँदैनन्त्यसैले सफाइ गर्छन्
गरीब बस्ने झोपडीको
भत्काउँछन् एक-एक गारा
गर्छन् भग्नावशेषको दृश्यावलोकन
अनि खुसी हुन्छन्
शहर सफा भएकोमा ।
आजकलका निरोहरू अन्धेर शासन चाहँदैनन्
ल्याउन खोज्छन् सुशासन
करको भारी बोकाउँदै
जनताको घाँटी अठ्याउँदै
अनि फनक्क फर्केर सुकिलामुकिलातिर
दिन्छन् प्रत्याभूति, हामी तिम्रो मात्रै हौं भनेर !
उहिलेका होस् या अहिलेका
निरोहरूलाई जायज विरोधका आवाज मन पर्दैन
उनीहरूको आङको जुम्रा देखाएको मन पर्दैन
गरीबी मन पर्दैन, गरीब नै मन मन पर्दैन
र कथंकदाचित्
आफ्नै जनको बेथिति देखे पनि
असह्य सन्तापका कारणले
शहर जलिरहेको देखे पनि
उहिलेका निरोहरू बासुँरी बजाउँथे
आजकलका निरोहरू मौन बस्छन् ।।
सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4