+
+
Shares

सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु

रासस रासस
२०८३ असोज ९ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
  • प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

९ असोज, मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुंगामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?