+

टेबलटेनिस पुरुष डबल्समा रुबिन–संयोग दोस्रो चरणबाट बाहिरिए

२०८३ असोज  ९ गते १०:४४ २०८३ असोज ९ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेबलटेनिसको पुरुष डबल्समा रुबिन महर्जन र संयोग कपाली जापानका सोरा मात्सुसिमा र शुन्सुके टोगामीसँग ३–० ले पराजित हुँदै दोस्रो चरणबाट बाहिरिए ।
  • जापानी जोडीले ११–१, ११–१ र ११–५ ले सेट जितेर अर्को चरणमा स्थान बनायो ।
  • यससँगै नेपालले टेबलटेनिसका कुनै पनि विधामा पदक जित्न सकेन ।

९ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष डबल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली दोस्रो चरणबाट बाहिरिएका छन् ।

स्काइ हल टोयोटामा शुक्रबार भएको खेलमा नेपाली जोडी जापानका सोरा मात्सुसिमा र शुन्सुके टोगामीसँग ३–० को सोझो सेटमा पराजित भयो ।

जापानी जोडीले खेल ११–१, ११–१ र ११–५ ले आफ्नो पक्षमा पार्दै अर्को चरणमा स्थान बनायो ।

यसअघि रुबिन महर्जन र संयोग कपाली दुवै पुरुष सिंगल्समा पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।

योसँगै नेपाले टेबलटेनिसका कुनैपनि विधामा पदक जित्न सकेन ।

२०औं एसियन गेम्स एसियन गेम्स टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय