+
२०औं एसियन गेम्स :

एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै

२०८३ असोज  ९ गते ६:१५ २०८३ असोज ९ गते ६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज बिहान पौने ११ बजे अफगानिस्तानसँग पहिलो खेल खेल्दै छ ।
  • निशिनको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलअघि ओमान र हङकङबीचको खेल भइरहेको छ ।
  • समूह ‘ए’ बाट शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्, र नेपाल पुगे भारत वा श्रीलंकामध्ये एकसँग खेल्ने छ ।

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको छ ।

समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय