१४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो ।
इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
कोशी प्रदेशलाई लक्षित गरी आयोजना गरिएको यस ७ दिने मेलामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई एउटै मञ्चमा जोड्ने तथा सीपमूलक तालिमसम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ ।
मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ६५ स्टलहरू रहेका छन् । कामको खोजीमा रहेका युवाहरूले मेलास्थलमै पुगेर आवश्यक परामर्श लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4