+
+
Shares

कांग्रेस सहमहामन्त्रीमा विकास कोइरालाको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १२:४७

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर-४ मा दोस्रो संविधानसभा चुनावमा उनले बागी उम्मेदवारी दिएका थिए ।

केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २ कात्तिक २०७० सालमा पार्टीले उनको क्रियाशील सदस्यता समेत खोसेको थियो ।

कारबाहीमा परे पनि उनी अन्य दलमा प्रवेश नगरी पार्टीभित्रै अन्तरसंघर्ष गरेर राजनीति गरिरहेका थिए ।

१२औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७–२०६९ सालमा उनी चितवन कांग्रेसको नेतृत्वमा थिए ।

कांग्रेसलाई पुरानै शैलीको गुटबन्दीबाट होइन, नयाँ सोच, नयाँ पुस्ता र रूपान्तरणको बाटोबाट अघि बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताए ।

पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र नयाँ राजनीतिक संस्कारका लागि आफूले विद्रोह गरेको उनी बताउँछन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?