+
+
Shares

कांग्रेस महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १३:१२

१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिरहरू आउनेक्रम जारी छ। विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदैछन्।

महाधिवेशनमा आउनेहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ। प्रतिनिधिबसेका होटल, शीर्ष तहका नेताहरूको आउजाउ हुने स्थानहरूमा विशेष सुरक्षा योजना लागू गरिएको बताइएको छ। महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ।

काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन्।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?