+
+
Shares

खोटाङमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट टुंग्याइयो कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:३९

१८ असोज, खोटाङ । खोटाङमा मतदानबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंग्याइएको छ । कोटाभन्दा बढी आकांक्षी भएपछि मतदानबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको थियो ।

असोज १७ गते साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधि (खुल्लातर्फ) बिरकाजी राई, इवन राई, नरेशकुमार श्रेष्ठ, बिष्णुकुमार राई, इच्छु राना, समिर राई, शालिकराम बन्जारा, रबिप्रकाश राई, राजकुमार बस्नेत र सुमनबाबु आचार्य बिजयी भएका छन् ।

यस्तै, खुल्ला महिलातर्फ बिमला राई, कान्ती केसी बस्नेत, मिना कार्की र डिल्लीकुमारी आचार्य निर्वाचित भएकी निर्वाचन अधिकृत मिलन कसजूले बताए ।

जनजातीतर्फ भिषण राई, काजीमान राई र कैलास राई विजयी भएका छन् । सञ्जयकुमार राईसँग बराबर मत आएपछि चिट्ठामा कैलासले बाजी मारेका हुन् । जनजाती महिलातर्फ भने बिनिता श्रेष्ठ, देबीकुमारी राई र सपना राई निर्विरोध भएकी छन् ।

खसआर्य खुल्लातर्फ दिनेशकुमार घिमिरे र खेमबहादुर खड्का तथा खसआर्य महिलातर्फ अन्जना बस्नेत विजयी भएका छन् । ३५ वर्षमुनिको युवा खुल्लामा बिकल राई र जीवन न्यौपाने निर्वाचित भएका छन् । ३५ वर्षमुनिको युवा महिलातर्फ गोमा राई निर्विरोध भएकी छन् ।

पेशागततर्फ रमेशकुमार राउत, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्धन्द्ध पिडिततर्फ अनिश गुरुङ, अपांगतर्फ कुमार पुरी र अल्पसंख्याकतर्फ किसन भुजेल विजयी भएका छन् । दलिततर्फ दिपक बिक, दलित समावेसीमा जब्बरबहादुर बिक र श्रमिकतर्फ नवराज केसी खत्री कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।

कांग्रेस कोशी प्रदेश कार्य समिति सदस्य जितेन्द्रसिं ठकुरी, रावाबेँसी गाउँपालिका सभापति एबं गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, राजन सैंजू लगायतका नेता पराजित भएका छन् ।

यस्तै, प्रदेशसभा प्रतिनिधिका लागि प्रदेश क्षेत्र (क) र (ख)मा २४/२४ जना निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिका लागि प्रदेश क्षेत्र (क)मा ३३ जना र प्रदेश क्षेत्र (ख)मा २५ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा कुल १,७२३ मतदातामध्ये १,२६४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?