१८ असोज, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन् ।
पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
‘उहाँ (गगन थापा) ले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ,’ उनले भने ।
साथै, पार्टीले यसअघि पनि प्राप्त उपलब्धिलाई संस्थागत गरेर जनताको पक्षमा लागेको र अब पनि सोही काममा लाग्ने जिकिर गरे ।
‘नेपाली कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँगै खेल्दै, उपलब्धिको रक्षा गर्दै हिजो पनि बढ्यो, आज पनि बढ्छ,’ उनले भने।
अहिले महाधिवेशनको उद्घाटन सत्र जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4