+
+
Shares

लोकतन्त्र र राजनीतिमाथि प्रश्न उठेका छन्, यसको जवाफ खोज्न सक्नुपर्छ : घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १५:२९

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो । यदी यो प्रश्नको समुचित जवाफ खोज्न सक्यो भने मलाई लाग्छ राजनीति सार्थक हुन्छ ।’

हामीले राजनीति र लोकतन्त्रलाई सार्थक बनाउन सकेनौं भने जतिसुकै अवसर प्राप्त गरे पनि त्यसको सार्थकता नहुने उनले बताए ।

आफूहरूको राजनीतिको केन्द्रमा जनता र राष्ट्र रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?