+
+
Shares

कैला जुंगा र काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १६:१८

१८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिएको भए पनि अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक नदेखाएको उनको भनाइ थियो ।

‘गगन जी तपाईं आज संयोगले अगाडि हुनुहुन्छ । म त तपाईंलाई विश्वास गर्ने मान्छे, दु:ख माने मान्नुस, नमाने नमान्नुस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे,’ उनले भने, ‘अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् ।’

अब आधाआधि कपाल फुलेको गगन थापाहरूको पुस्ताले देश बनाउने विश्वास राखेको उनले बताए ।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?