+
+
Shares

कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १२:२७

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुपन्डोलमा आज बिहान पत्रकार माझ कांग्रेस केन्द्रीय सदस्य सत्तारले १५ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

आजदेखि असोज २२ गतेसम्म हुने १५ औं महाधिवेशनमा उनले आफू सहमहामन्त्री (मुस्लिम कलस्टरतर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी नेतृत्वसंगको सरसल्लाहमा आफूले सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको सत्तारले जानकारी दिए ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष सत्तार १५ वर्षसम्म संघको नेतृत्वमा रहेर काम गरेका थिए । १२औं महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति सदस्य रहेका सत्तार १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गत पुसमा भएको विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य भएका थिए ।

‘लामो समयदेखि भ्रातृ संस्था र पार्टीका बिभिन्न तहमा रहेर काम गर्दै आएको छु’ सत्तारले भने, ‘ मैले गरेका कामको मूल्यांकन देशभरका साथीहरुले गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु ।’ सत्तारका अनुसार नेतृत्वले महाधिवेशनमा प्यानल नबनाउने कुरा गरेको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?