१८ असोज, काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँ घटेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4