+
+
Shares

कांग्रेस महाधिवेशनको बन्दसत्र खुलामञ्चमै, डिजिटल बोर्डमा प्रत्यक्ष हेर्न सकिने

१५औं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथिको छलफललाई सहभागीहरुले डिजिटल बोर्डमार्फत प्रत्यक्ष हेर्न र सुन्न पाउने नेपाली कांग्रेसले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ८:१७

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उदघाटन हुँदैछ ।

भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी कांग्रेसको छ ।

बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हलको तयार पारिएको नेपाली कांग्रेसले जनाएको छ ।

बन्दसत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ ।

एउटा हलमा भएको छलफललाई अर्को हलमा रहेका सहभागीहरुले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

यस व्यवस्थाले ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सकिने कांग्रेसको अपेक्षा छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?