१८ असोज, बुटवल । रुपन्देहीको देवदहमा एक व्यक्तिको घरमा गोली चलेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घरमा आएका व्यक्तिलाई पेस्तोल देखाउने क्रममा गोली चल्दा देवदहमा एक युवा घाइते भएका छन् ।
रुपन्देहीको देवदह–७ का दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।
खरेलले समाएको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन् ।
देवदह मेडिकल कलेजमा उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।
घटनापछि खरेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले खरेलसँग रहेको पेस्तोल घरमा आएका खत्रीलाई देखाउने क्रममा गोली चलेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4