News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षापछि असोज ८ यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ।
- नेपाल प्रहरीका अनुसार बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा गरी ६ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन्।
- प्रहरीले ४ सय ७ जनाको उद्धार गरेको छ र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने काम गरिरहेको छ।
१० असोज, काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।
बाढी, पहिरो लगायतका विपद्मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।
यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया 4