+
+
Shares

बोदेबरसाइनका विद्यालय आज बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आज शुक्रबार नगर क्षेत्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ।
  • नगरपालिकाले सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय बिहीबार सूचना जारी गरेर गरेको हो।
  • नगर शिक्षा अधिकृत रामसागर यादवले विद्यार्थी, शिक्षक र कर्मचारीको आवतजावतमा जोखिम हुनसक्ने भन्दै विद्यालय बन्द गरिएको उल्लेख गरेका छन्।

९  असोज, सप्तरी  । सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सबै विद्यालयमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।‎

‎नगरपालिकाले बिहीबार  सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।‎

‎नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको ७ असोजको परिपत्र तथा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनमा ९-११ असोजसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको भन्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको जनाएको छ ।‎

‎वर्षाको प्रभाव बढ्दै गएको र विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा जोखिम हुनसक्ने भएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकृत रामसागर यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

‎

‎

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?