२० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि नरेन्द्रकुमार केरुङले उम्मेदवारी दिएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा केरुङले खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका केरुङ विशेष महाधिवेशन पक्षधर हुन् । उनी पाँचथरका पूर्व सभापति समेत हुन् ।
कांग्रेसको संशोधित विधान अनुसार २९७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । खुलातर्फ ४५ जना छनोट हुने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले भोलि प्रचार प्रचार र पर्सि मतदान गर्ने कार्यतालिका बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4