१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गरी कांग्रेसको खस्किएको साख फर्काउने दाबी गरे ।
उनले संवैधानिक निकायमा हुने दलीय भागबन्डा रोक्नुपर्ने र बीपी कोइरालाको विचार तथा सिद्धान्तलाई आत्मसात् गर्दै काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
खरेल २०४६ मा बाल कांग्रेस, २०४९ मा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) उपाध्यक्ष क्षेत्र नं. १, काठमाडौं, ई.सं. २००७ ई जनसम्पर्क समिति अमेरिकाको सदस्य सचिव, नेपाल तरुण दलको केन्द्रीय सदस्य (२०६९) तथा नेपाली कांग्रेस प्रतिनिधि सभा २ को क्षेत्रीय सभापति हुन् ।
पाँचखाल नगरको २ कार्यकालमा भएका कामको मूल्याकंन तथा पार्टी संगठन निर्माणमा पुर्याएको योगदानका आधारमा प्रतिनिधिले आफूलाई रोज्ने उनको विश्वास छ ।
प्रतिक्रिया 4