+
+
Shares

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ११:२०

१३ असोज, काठमाडौं । कपिलवस्तुको चारखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् ।

सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि शिवराज नगरपालिका–१ स्थित चोरखोलामा आज बिहान साढे १ बजे ढुंगा खसेको हो ।

घाइते हुनेमा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनको भरतपुर महानगरपालिका–११ का २० वर्षीया सलिना सुनार र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेको उनले बताए ।

बसमाथि ढुंगा खस्दा सिटले च्यापिएको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्‍याइएको उनले बताए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले सिटले च्यापिएको अवस्थाबाट उनीहरूको उद्धार गरेको हो ।

बसमा ३० जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?