१२ असोज, झापा । झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–३ बस्ने १८ वर्षीय करण राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4