News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको भद्रपुरमा टिपरको ठक्करबाट साइकलयात्री ६५ वर्षीय इशनलाल गणेशको उपचारका क्रममा मृत्यु भएको छ ।
- दुर्घटनापछि फरार रहेका टिपर चालक ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
- घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन् ।
३१ साउन, भद्रपुर (झापा) । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।
शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4