+
+
Shares

दुवागढीमा आगलागीः एक घर जलेर नष्ट

प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १४:४८

१९ असार, झापा । मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, अन्य सामान, लत्ताकपडा तथा अन्य विभिन्न सरसामान र घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता रज्जन आवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?