+
+
Shares

हुम्लामा आगलागीबाट तीनतले घर जलेर नष्ट   

रासस रासस
२०८३ जेठ २२ गते १६:४१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सिमकोट गाउँपालिका–७ मा गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागी हुँदा जलेर नष्ट भएको छ ।
  • आगलागीबाट तीन तोला सुन, १०० तोला चाँदी र दुई लाख नगदसहित २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
  • हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काले आगलागीबाट सात कोठे भवन र त्यहाँ रहेका सामान पूर्ण रूपमा नष्ट भएको बताए ।

२२ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

गएराति स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

हुम्लाका प्रहरी उपरीक्षक शंकर खड्काका अनुसार आगलागीबाट शाहीको सात कोठे भवन जलेर नष्ट भएको छ ।

आगलागी बाट सुन तीन तोला, चाँदी १०० तोला, नगद दुई लाख गरी जम्मा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?