+
+
Shares

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको छ।
  • धनगढी उपमहानगरपालिका–५ का मुकुन्द जोशीले चलाएको गाडी पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • आगलागीमा मानवीय क्षति नभएको र दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

२ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ ।

शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनका अनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ । आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए ।

धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?