+
+
Shares

होर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १२:५१

१३ असोज, तेहरान (रासस/एएफपी)। इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलघाँटी पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मङ्गलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्। उनका अनुसार कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ ।

न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्ताले प्रस्तुत गरेका विषयमा छलफल भएको बताएका हुन्। ‘उहाँहरूले केही विचार प्रस्तुत गर्नुभयो र हामीले त्यसबारे छलफल गर्‍यौँ । उहाँहरूले अमेरिकी पक्षसँग फेरि कुरा गर्ने तयारी गर्नुभएको छ र त्यसपछि अन्तिम अमेरिकी प्रतिक्रिया हामीलाई पठाइनेछ’, उनले सरकारी सञ्चारमाध्यमसँग भने।

कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको उनले बताए। अहिलेको मुख्य ध्यान होर्मुज जलघाँटीमा रहेको उल्लेख गर्दै उनले जलघाँटी पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने बताए।

होर्मुज जलघाँटी अमेरिका र इरानबीच जारी द्वन्द्वको केन्द्रमा रहेको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व सुरु भएको हो । युद्ध सुरु हुनुअघि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।

द्वन्द्व सुरु भएपछि इरानले होर्मुजमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएर प्रतिक्रिया जनाएको छ । यही अवस्थाबीच गत साता न्युयोर्कमा अराघची र अमेरिकी दूत स्टिभ विटकफ तथा जारेड कुशनरबीच छलफल भएको थियो ।

इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ ।

इरानले विदेशमा रहेका आफ्ना रोक्का सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?