+
+
Shares

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जा, भीरकोट नगरपालिका-१ मा जिप अनियन्त्रित हुँदा ७६ वर्षीय उत्तम सिंह गुरूङको उपचारका क्रममा मृत्यु भएको छ।
  • कैलाली, टीकापुर नगरपालिका-१ मा दुई मोटरसाइकल ठोक्किँदा ५५ वर्षीय सुरेन्द्र शाहको उपचारका क्रममा मृत्यु भएको छ।
  • रौतहट, चन्द्रपुर नगरपालिका-८ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीय सिताराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

९ असोज, काठमाडौं। स्याङ्जा, कैलाली र रौतहटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जा, भीरकोट नगरपालिका-१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पुतलीबजार नगरपालिका-१० बस्ने ७६ वर्षीय उत्तम सिंह गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिप चालकको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ भने दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको गण्डकी मेडिकल कलेज कास्कीमा उपचार भइरहेको छ ।

त्यस्तै कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकमा से४ प ५४५९ नम्बरको मोटरसाइकल र सु.प.प्र०१-००९ प २१३७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा से४ प ५४५९ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय सुरेन्द्र शाहको मृत्यु भएको छ ।

बिहीबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र०१-००९ प २१३७ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ स्थित सडकमा चपुरबाट गौरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय सिताराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?