+
+
Shares

सल्यानको शारदा नगरपालिकामा दुई दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको शारदा नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
  • ९, १० र ११ असोजमा भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले जोखिम घटाउन बिदा दिइएको नगरपालिकाले जनाएको छ।
  • नगरपालिकाले पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह गरेको छ।

८ असोज, सल्यान । सल्यानको शारदा नगरपालिकाले दुई दिन विद्यालय दिने निर्णय गरेको छ ।

नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

९, १० र ११ असोजमा देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरेर विद्यालयमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पूर्वतयारीसहित सावधानी अपनाउन समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?