+
+
Shares

पाँचथरका विद्यालय दुई दिन बन्द गर्ने निर्णय

असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको उच्च जोखिम भएकाले पाँचथरका विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:३६

७ असोज, पाँचथर । असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको उच्च जोखिम भएकाले पाँचथरका विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको छ ।

बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न लागिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । यो निर्णयबारे सबै स्थानीय तहलाई मौखिक रूपमा अनुरोध गरेको उनले बताए ।

‘बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न भनेका छौं,’ उनले भने, ‘शनिबार र आइतबार नियमित बिदा हुन्छ । बाँकी निर्णय भोलि गर्छौं ।’

यसैबीच फिदिम नगरपालिकाले आफैं विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । सामुदायिक विद्यालयहरूलाई पत्रचार गर्दै विद्यालय बन्द गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?