२१ जेठ, पाँचथर । नेपाली काँग्रेस पाँचथरका सह-सचिव गजेन्द्र राईले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । फेसबुकमात्र भिडियो सन्देश राख्दै नेपाली कांग्रेसको राजनीति यात्रा टुङ्ग्याउने घोषणा गरेका हुन् ।
कांग्रेसको साधारण सदस्यता त्यागेको घोषणा गरेका उनी श्रम शक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । उनलाई जेठ–२३ गते उनकै गाउँ जेभालेमा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी प्रवेश गराउँदै छन् । उक्त कार्यक्रमलाई वृहत् बनाउने गरी तयारी भइरहेको उक्त पार्टीले जानकारी दिएको छ ।
सामाजिक क्षेत्रमा समेत सक्रिय राईले पार्टी छोड्दा कांग्रेसमा असर पर्ने देखिन्छ भने श्रम संस्कृती पार्टीका नेता-कार्यकर्ता उत्साहित छन् । नयाँ पार्टीबाट सामाजिक सेवा र राजनीतिक यात्रामा निरन्तरता दिने राईले बताए । उनी १४औँ महाधिवेशनबाट सह-सचिव निर्वाचित भएका थिए भने कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए ।
प्रतिक्रिया 4