+
+
Shares

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने

नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागुञ्जेल नेपाली कांग्रेसले २५ जेठसम्म संसदीय समितिका बैठकहरू बहिष्कार गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा "नेपालले पनि भारतको भूमि मिचेको रहेछ" भन्ने अभिव्यक्ति दिएको भन्दै कांग्रेसले विरोध जनाएको हो ।
  • सांसदलाई कानूनभन्दा माथि राख्ने गरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले `नेपालले पनि भारतको भूमि मिचेको रहेछ´ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेकाे छ ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने रणनीति अपनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?