+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
  • सांसद दिवानसिंह विष्टको नेतृत्वमा दर्ता गरिएको उक्त प्रस्तावमा कांग्रेसका १८ मध्ये ९ जना सांसदले हस्ताक्षर गरेका छन् ।
  • अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका बहुमत सांसदहरूको बैठक बसिरहेको छ ।

१९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।

स्रोतकाअनुसार शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेपछि अहिले प्रदेश सभामा बहुमत सांसदको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?