+
+
Shares

अमेरिकासँगको अप्रत्यक्ष वार्ता स्थगित भएको इरानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २१:५५

१८ जेठ, काठमाडौं । इरानले मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा गरेको छ । इरानको सरकारी समाचार एजेन्सीलाई उधृत गर्दै बीबीसीले उक्त समाचार लेखेको छ ।

इरानले युद्धविराम सम्झौताको सर्तको एक अंग लेबनान पनि रहेको बताउँदै लेबनानसहित सबै मोर्चामा युद्धविराम उल्लंघन भएको दाबी गरेको छ । यही कारण देखाउँदै उनले वार्ता टोलीलाई अप्रत्यक्ष वार्ता रोक्न इरानले फैसला गरेको छ ।

इरानले अब लेबनान र गाजामा इजरायली हमला तत्काल रोकेर लेबनानको कब्जा गरिएको क्षेत्र पूर्ण रूपमा खाली नभएसम्म वार्ता नहुने पनि बताएको छ ।

इरानको सैन्य र सुरक्षा संस्था नजिक मानिने समाचार एजेन्सीका अनुसार रेजिस्टेन्ट फ्रन्ट र इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने र बोब अल–मन्डाब स्ट्रेटसहित अन्य मोर्चा पनि सक्रिय पार्ने नयाँ रणनीति लिने लक्ष्य राखेका छन् ।

पछिल्लो समय इरानी विदेशमन्त्री अब्बास अगाघचीसहितका अधिकारीले लेबनानमा भइरहेको इजरायली हमला रोक्नुपर्नेमा जोड दिँदैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?