१ वैशाख, काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग शान्तिवार्ता जारी राख्न तयार रहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँगको कुराकानीमा उनले विवाद समाधानका लागि कूटनीतिक बाटो नै आफूले रुचाउने बताएका हुन् ।
यो समाचार इरानका कैयौं सञ्चारमाध्यमले लेखेको बीबीसीले जनाएको छ । समाचारअनुसार इरानी राष्ट्रपति पेजिस्कियनले धम्की, दबाब र सैन्य कारबाही समस्या समाधानमा सहयोगी नहुने बताएका छन् । म्याक्रोंसँग उनले अमेरिकाले नै यो समस्या पैदा गरेको र बढाएको बताएका छन् ।
यस्तै युरोपले अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन र नियमको पालन गर्न प्रोत्साहित गर्नुपर्ने पनि पेजिस्कियनले बताएका छन् ।
प्रतिक्रिया 4