+
+
Shares

म आएको छु, समस्या त ‘छु मन्तर’ हुन्छ भनेर हुँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १८:३४

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशका समस्याहरूलाई कोही मान्छेले पनि सहजै रुपमा लिन नहुने बताएका छन् ।

विश्व राजनीतिको समेत देशमा प्रभाव परिरहेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको आजबाट सुरु भएको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले हल्का ढंगले अहिलेका समस्याहरूलाई लिन नहुने जिकिर गरे ।

‘हाम्रो समस्याहरूलाई हल्का ढंगले– फेरि हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छु मन्तर जसरी हल हुन्छ भनेर समस्याको हल पनि हुँदैन,’ उनले भने, ‘नेपालको समस्या नेपालको कारणले मात्रै पनि छैन । विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हामीले हेर्नुपर्दैन ?’

रुस र युक्रेनको युद्धको प्रभाव नेपाललाई परेको छैन ? भन्दै उनले प्रश्न गरे, ‘मध्यपूर्वमा जे भइरहेको छ त्यसको प्रभावबाट नेपाल मुक्त हुन सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?