१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले खुलामञ्चमा आफ्नो पार्टीले १५ औं महाधिवेशन गर्नुका केही कारणहरू सुनाएका छन् ।
खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ ।
साथै, यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रुपमा मात्रै नलिन आग्रह गरे ।
‘यो महाधिवेशनको नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने छ । केही संकल्प गर्नुपर्ने छ,’ सभापति थापाले भने, ‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ । खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन । मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च ।’
नेपाली कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र संकल्प चाहिँ नेपालमा यस्ता खुलामञ्च धेरै ठाउँमा चाहिएको भन्ने रहेको उनको भनाइ छ ।
‘पहिलो खुलामञ्च संसद्मा चाहिएको छ । संसद् खुला छैन । संसद् बन्द छ । जहाँको सांसदले जसरी प्रधानमन्त्री बनाउनुभएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने र नबनाउने सांसदको गरिमाका लागि जुन दिनसम्म सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति हुँदैन, त्यो दिन सम्म संसद् खुला हुँदैन,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4