१३ असोज, काठमाडौं । पर्वतमा सुक्खा पहिरो खसेर घर पुरिँदा एक जना घाइते भएका छन् ।
जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका हुन् ।
आज बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा उनी घरमा च्यापिएर घाइते भएका हुन् ।
घरभित्र च्यापिएको अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि म्याग्दीस्थित बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेका आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4