+
+
Shares

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङको निसीखोला गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • मृतकमा ३९ वर्षीया श्यामकुमारी विक र उनका छोराहरू १२ वर्षीय मनोज, ९ वर्षीय मुकेश र ५ वर्षीय निसन विक छन्।
  • सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा पर्दा ८ वटा बाख्रा बगेका छन्।

११ असोज, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?