+
+
Shares

पहिरोसँगै खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु्

पहिरोमा खसेको ढुंगा लागेर डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

रासस रासस
२०८३ असोज १० गते १६:४१
फाइल तस्वीर

१० असोज, कर्णाली । पहिरोमा खसेको ढुंगा लागेर डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिप्रका डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलका अनुसार शुक्रबार राति करिब पौने १० बजे  ढुङ्गा लागेर घाइते उनी घाइते भएका थिए । त्यसपछि उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुङ्गा लागेर ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन् । ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका छन् ।

घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट चार घण्टा टाढा भएकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै थाहा भएको प्रहरीले बताएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?