+
+
Shares

जुफाल एयरपोर्टमा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो, सबै सकुशल

आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ९:३६
डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएको सीता एयरको जहाज । फोटो : पूर्ण सार्की/डोल्पा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको जुफाल एयरपोर्टमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितिरको दायाँ पांग्रा खुस्किएको छ ।
  • नेपालगञ्जबाट १३ यात्रुसहित गएको जहाजमा ७ विदेशी र ६ नेपाली थिए, र सबै सकुशल छन् ।
  • प्राविधिकहरूले अहिले धावनमार्गमै रहेको जहाजको जाँच गरिरहेका छन् ।

८ असोज, काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।

१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् ।

अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिल राज गिरीले आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको बताए ।

उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?