+
+
Shares

बैतडीका १० वटै पालिकामा कांग्रेसको सबै नेतृत्व निर्विरोध

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ असोज ८ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
  • जिल्लाका ८४ वडामध्ये ५ वडामा दलित र २ वडामा महिला सभापति चयन भएका छन् ।
  • दशरथचन्द नगरपालिकामा कर्णबहादुर बोहरा, पाटनमा रमेशसिंह महरा र मेलौलीमा परमानन्द भट्ट नेतृत्वमा चयन भएका छन् ।

८ असोज, बैतडी । बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

चार पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो । जारी अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उल्लासमय सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशनमा पनि समावेशी सहभागिता उत्साहजनक रहेको सभापति चन्दले बताए । जिल्लाका ८४ वडामध्ये ५ वडामा दलित समुदायबाट सभापति चयन भएका छन् भने २ वडामा महिला सभापति निर्वाचित भएका चन्दले जानकारी दिए ।

पालिकागत रूपमा निर्विरोध निर्वाचित नेतृत्वमा दशरथचन्द नगरपालिकामा कर्णबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन भएका छन् ।

त्यस्तै, दोगडाकेदार गाउँपालिकामा डम्बर सिंह कार्की, शिवनाथ गाउँपालिकामा महामल सिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द, सिगास गाउँपालिकामा दीपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी नेतृत्वमा चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?