+
+
Shares

दोधारा चाँदनीको क्षतिग्रस्त झोलुङ्गे पुल अवलोकन गर्न काठमाडौंको टोली सुदूरपश्चिममा

शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो । सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १०:४६

१६ असोज, काठमाडौं । दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था अवलोकन गर्न काठमाडौंबाट प्राविधिकहरुको टोली सुदूरपश्चिम पुगेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो । सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।

उपमहानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले नै बनाएको आइकोनिक पुलको अवस्था हेरेर आवश्यक निर्णय गर्नेछौं ।’

पुलमा क्षति भएकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला दोधाराचाँदनी पुगेर प्राविधिक अध्ययनको प्रक्रिया अघि बढेको र अध्ययन रिपोर्ट प्राप्त भएपछि पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी कोइराराले विहीबार नै गृह मन्त्रालयलाई पत्राचार गरेर पुल मर्मतका लागि आवश्यक समन्वय गरिदिन भनेको अनलाइनखबरलाई जानकारी दिए ।

गत बुधबार महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनीको झोलुङ्गे पुलको एक भागको चुँडिएर नदीमा लत्रिएको थियो । सो दिनदेखि झोलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले पुल चुँडिएर नदीमा झरेकै ठाउँमा पानीको वेग पनि बढी देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?